हल्दिबारी वडा नं ४ मा घरेलु हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

झापा। हल्दिबारी गाउँपालिका वडा नं ४ ले घरेलु हिंसा विरुद्धको सचेतना कार्यक्रम आज सम्पन्न गरेको छ।
वडा नं ४ का वडा अध्यक्ष सन्त कुमार थापाको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि वडा सदस्यहरू क्रमशः भगिरथा दाहाल, सुरेन्द्र बाराकोटी , शान्ता देवी विक रहेका थिए। त्यसै गरी अतिथिहरु मा महेन्द्र मा वि का प्रधानाध्यापक चक्र बहादुर बस्नेत , कृष्णसागर विद्यालयका सञ्चालक योगेश कार्की , जलथल प्रहरी चौकी प्रतिनिधि उदित नारायण यादव, दीपेन्द्र आ वि का शिक्षिकाहरु कल्पना लिम्बु , मेनुका ओली , हल्दिबारी गाउँपालिका बाल संजाल अध्यक्ष पवन गिरी , कन्काई अनलाइन का संवाददाता टीकाराम बास्तोला ,  सिर्जनशिल युवा क्लबका अध्यक्ष मिलन विक लगायत रहेका थिए।

कार्यक्रममा घरेलु हिंसा, लैङ्गिक हिंसा र बच्ने उपाय तथा कानुनी व्यवस्था को बारेमा को  संचारकर्मी देवीका अधिकारी ले बताएकी थिइन् भने मानसिक तनाब तथा त्यसले मानिसलाई, बालमनोविज्ञान लाई पुर्याउने बेफाइदा बारे प्रशिक्षक डि यल राजवंशीले जानकारी गराएका थिए। त्यस्तै स्वस्थ जिवनशैली र खानपनको व्यवस्थापनका बारेमा वडा सचिव जयप्रसाद पोखरेल ले स्पष्ट पारेका थिए।
वडा नं ४ कि वडा सदस्य शान्तादेवी विक ले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन अदिति काफ्ले र सलिना भट्टराई ले संयुक्त रूपमा गरेका थिए।
पवन गिरी , चक्र बहादुर बस्नेत , योगेश कार्की र मेनुका ओलीले शुभकामना व्यक्त गरेको कार्यक्रममा सहभागीहरू लक्ष्मी महतो, सिसम मैनाली ,रोहन न्यौपाने र अशोक सिवाकोटीले सचेतनामूलक कार्यक्रम सकारात्मक भएको प्रतिक्रिया जनाएका थिए।
कार्यक्रममा टोलविकास संस्था, बालसंजाल, बालकल्ब लगायतका प्रतिनिधिहरू को सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...