झापा।हल्दिबारी गाउँपालिका वडा नं ४ मा तिन महिने एडभान्स बेसिक कम्प्युटर तालिम आज एक कार्यक्रमका बिच उद्घघाटन गरिएको छ।
कार्यवाहक वडा अध्यक्ष सुरेन्द्र बाराकोटी को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए।वडाका वडा सदस्यहरू भागिरथा दाहाल, शान्ता गहतराज , स्वास्थ्य चौकी इन्चार्ज रामप्रसाद ढकाल, प्रहरी चौकी इन्चार्ज दिपेन्द्र गौतम, महेन्द्र मा वि का प्र अ चक्र बहादुर बस्नेत, दिपेन्द्र आ.वि का शिक्षक अर्जुन भट्टराई, संचारकर्मी देवीका अधिकारी, प्रशिक्षकहरु अमिन मेचे,भिम भट्टराई लगायत अतिथि रहेका थिए।
अहिलेको परिवेशमा प्रविधिको आवश्यकता अत्यधिक भएकाले वडा नं ४ भित्रका ईच्छुक प्रशिक्षार्थीहरूबाट निवेदन माग गरि छनौट गरेर कार्यक्रम संचालन गरिएको वडा सचिव जयप्रसाद पोखरेल ले जानकारी गराएका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले मानिसहरूको प्रत्यक्ष रोजगारी संग जोडिएको यो तालिममा सहभागीहरु लाई लक्ष्य प्राप्ति हुने गरी नियमित प्रशिक्षण लिन आग्रह गरेका थिए। यस्तै शिक्षक चक्र बस्नेत तथा अर्जुन भट्टराईले पनि वडा नं ४ ले आयोजना गरेको यो तालिम समयसापेक्ष भएको धारणा राखेका थिए। भागिरथा दाहाल ले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन जयप्रसाद पोखरेल ले गरेका थिए।
तालिममा २५ जना सहभागी रहेका छन्।