हल्दिबारी वडा नं ३ ले वितरण गर्यो मकै छोडाउने र रोप्ने मेसिन

503 views

झापा । हल्दीबारी गाउँपालिका वडा नं. ३ ले  वडाको वार्षिक पारित कार्यक्रम अन्तर्गत ५० प्रतिशत लागत अनुदानमा मकै छोडाउने र मकै रोप्ने उपकरण वितरण गरेको छ।

वडाले सार्वजनिक सूचना निकाल्दै कृषि सामाग्रीको लागि निवेदन माग गरेको र माग निबेदनहरूबाट छनोट गरी तथा ५० प्रतिशत लागत कृषकहरूबाट संकलन गरेर वडाले सामाग्री खरिद गरी उपकरण वितरण गरिएको वडा सचिब राजन खतिवडाले जानकारी दिए। 

वडाले जम्मा २१ थान मकै छोड्याउने  र ११ थान मकै रोप्ने मेसिन वितरण गरेको वडा अध्यक्ष बिष्णु प्रसाद ओलिले बताए । उनका अनुसार मकै छोड्याउने मेसिनको लागत १९ हजार प्रति गोटा र मकै रोप्ने मिसिन चार हजार दुई सय रूपैयाँको दरले खरिद गरि वितरण गरिएको हो।

पैसा बुझाएका कृषकहरुलाई कृषि सामाग्रीहरु लिन  वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेर वडा कार्यालयबाट वितरण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search