हल्दिबारी वडा नं १ द्वारा कृषकहरूलाई मकै रोप्ने मेसिन र स्प्रेट्याङ्की वितरण

618 views

झापा। हल्दिबारी गाउँपालिका वडा नम्बर १ ले कृषकहरूलाई ५० % लागत अनुदानमा लाई मकै रोप्ने मेसिन र स्प्रेट्याङ्की वितरण गरेको छ ।

वडा नं १ का वडाध्यक्ष देवी बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली प्रमुख अतिथि रहेकी थिइन्। १८० जना किसानलाई स्प्रेट्याङ्की र १०० जना किसानलाई मकै रोप्ने मेसिन बितरण गर्ने योजना अनुसार दुई चरणमा सामाग्री वितरण गरिने वडाध्यक्ष थापाले बताए।
हल्दिबारीको दृष्टि कृषि र पर्यटन मार्फत सम्वृद्धि भन्ने मूल नारालाई सार्थक बनाउन र समय अनुसार कृषकको माग पूरा गर्न कार्यक्रम ल्याएको उपाध्यक्ष मैनालीले बताएकी थिइन्।
यसैगरी कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले आगामी दिनमा कृषकहरूको आवश्यकतालाई बुझेर योजना बनाएने धारणा राखेका थिए।

वडा कार्यालय र कृषकको सहभागीतामा रू ९ लाखमा कृषि उपकरण खरिद गरिएको हो ।कृषि औजार वितरण कार्यक्रममा गाउँ कार्यपालिका सदस्य शान्ता देवी
शिवाकोटी , वडा सदस्य कुलबहादुर वान्तवा र प्रकाश कुमार कार्कीको उपस्थिति रहेको थियोे ।

कार्यक्रमको सहजीकरण वडा सचीव तुलसा खत्रीले गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search