हल्दिबारी वडा नं २ द्वारा कृषकहरूलाई मिनिमोटर वितरण

698 views

झापा ‌। हल्दिबारी गाउँपालिका वडा नं २ ले ‌विपन्न नागरिकलाई तरकारी खेती प्रवद्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत लागत अनुदानमा ४० घरलाई ०.५ एच पि को   मिनिमोटर वितरण गरेको छ।


वडा कार्यालय बाट सुचना जारी गरी माग फारमका आधारमा  कृषकहरूलाई सब्जी खेतीमा सिचाई गर्न सहज होस् भनेर यो मोटर  वितरण गरिएको वडा अध्यक्ष शुकलाल राजवंशीले जानकारी दिए।

सव्जी खेतीमा सिचाई गर्न सहज होस् भनेर यो कार्यक्रम राखिएकोवडा अध्यक्ष राजवंशीले
वडा कार्यालय को १ लाख १० हजार अनुदान सहित २ लाख २० हजारमा सामाग्री खरिद गरिएको वडा सचिव मदन थापाले बताए।
वडा अध्यक्ष शुकलाल राजवंशी वडा सदस्यहरू विष्णु राई, अम्बिका तोलाङ्गी, रचना कुलुङ , गणेश मगर‌ सहित वडा सचिव थापाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search