झापा।उपेक्षित तथा उष्ण प्रदेशीय रोग मातृ शिशु स्याहार र अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सुधारका लागि फेयरमेड फाउन्डेसन र साहारा नेपालको सहकार्यमा भईरहेको कार्यक्रम को बारेमा संचारकर्मीहरु लाई जानकारी गराउन आज एक कार्यक्रम सम्पन्न भएको छ।
विश्वास परियोजनाले
कोशी प्रदेश का झापा, मोरङ्ग र सुनसरी का लक्षित स्थानीय तहहरुमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
परियोजनाले विशेष गरी स्वास्थ्यकर्मी र सम्बन्धीत निकायको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने, सामुदायिक स्वास्थ्य सेवालाई एकिकृत र गुणस्तरीय बनाउने, समुदायका सर्वसाधारणको क्षमतामा अभिवृद्धि गरी स्वास्थ्यमा पहुँच बढाउने मुख्य उद्देश्यका साथ काम गरिरहेको कार्यक्रम संयोजक पवन राईले जानकारी दिए।
नेपालमा कुष्ठरोग, हात्तीपाइले, सर्पदंश,फितेजुका,खस्रेरोग, लुतो, कालाजार,जुका,डेंगु ,चिकनगुनिया र रेविज लगायतका रोग लाई उपेक्षित उष्ण प्रदेशीय रोगहरू भनेर वर्गिकरण गरिएको छ ।
विशेषगरी जनस्वास्थ्य सेवा को प्राथमिकतामा नपरेका कारण यसलाई उपेक्षित रोग भन्ने गरिएको हो जसलाई गरिबीसंग जोडेर हेर्ने गरिएको छ। सामाजिक भेदभाव, आर्थिक कोष र सहयोगको कमी,सहि तथ्यांकको अभाव साथै रोगलाई मानिसहरूले लुकाउने गरेका कारण यस्ता रोगहरू बढ्दै गएकाे संयोजक राईले प्रष्ट पारे भने समाजमा रहेको यो अन्धविश्वास हटाउन, जनचेतना फैलाउन साथै रोगको निदान तथा न्युनिकरणमा संचारकर्मीको भूमिका महत्त्वपूर्ण रहने भएको आयोजकको धारणा रहेको थियो।
कारण सुन्दा सामान्य लाग्ने यि रोगहरूको जोखिम बढ्दै गएकाले स्थानीय निकायसँग को सहकार्यमा यि रोगहरूको न्युनीकरणमा परियोजनाले काम गर्दै आएको छ।
यसैगरी परियोजनाले यस्ता रोगहरू सम्बन्धी अभिमुखीकरण कार्यक्रम, स्वास्थ्यकर्मीहरु को लागि एनटिडि तालिम,विधालयमा सचेतना कार्यक्रम,छाला शिविर सञ्चालन,बर्थिङ सेन्टरका लागि स्वास्थ्य संस्थालाई सहयोग मातृशिशु स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्दै आएको छ।
झापाको झापा गाउँपालीका सबैभन्दा धेरै घरमै प्रसुति गराउने स्थानीय तहमा पर्थ्यो तर परियोजनाले स्वास्थ्यकर्मीहरु लाई तालिम तथा स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराएपछि स्वास्थ्य संस्थामा प्रसूति गराउने दर बढेको जानकारी गराईएको थियो।
कार्यक्रमको औचित्यमाथि साहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरीले प्रकाश पारेका थिए।
यसैगरी संचारकर्मीहरुले उपेक्षित रोगहरू बारेमा खोजमूलक र सत्य तथ्य समाचार संकलनका लागि पत्रकारहरु लाई तालिम तथा कार्यक्षेत्र अवलोकन गराउन आग्रह गरेका थिए।
साहारा नेपालका अध्यक्ष भरतलाल गिरी, कार्यकारी निर्देशक महेन्द्र गिरी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायत संचारकर्मीहरु र साहारा का कर्मचारीहरूको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण मातृका सुवेदीले गरेका थिए।