लागुऔषध दुर्व्यसन न्युनिकरणका लागि सचेतना कार्यक्रम हल्दिबारीमा सम्पन्न

झापा। दिनप्रतिदिन बढ्दै गएको लागुऔषध दुर्व्यसन न्युनिकरणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जलथल प्रहरी चौकी र चौकीविरान टोल विकास संस्था हल्दिबारी ४ को आयोजनामा लागुऔषध दुर्व्यसन विरूद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ।
समाजमा अप्रत्यासित ढंगले यसको प्रयोग बढेको तथा आगामी दिनमा यसले निम्त्याउने जोखिम को बारेमा जनचेतना जगाउने उद्धेश्यले गरिएको कार्यक्रमको सहजीकरण जलथल प्रहरी चौकी ईन्चार्ज देवेन्द्रराज आङदेम्बे गरेका थिए।


दिनदिनै लागुऔषध प्रयोगकर्ताहरु बढ्दै गएको र यसले अपराधिक घटना बढ्ने भएकोले समयमै सबै सचेत रहन उनले ध्यानाकर्षण गराएका थिए।

सचेतना कार्यक्रममा बोल्दै वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा ले कोही कसैले यसको ओसारपसार तथा प्रयोग गरेको थाहा पाएमा प्रहरी तथा जनप्रतिनिधिहरू लाई खबर गर्न आग्रह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search