लम्पी स्किन रोग विरूद्ध हल्दिबारी गाउँपालिकामा खोप अभियान सञ्चालन

झापा। हल्दिबारी गाउँपालिकाले गाईवस्तुमा लाग्ने लम्पी स्किन रोग विरूद्ध को खोप अभियान सञ्चालन गरिरहेको छ ।लम्पी स्किन रोग ( Capripox Virus) को कारणले गाई भैँसीमा लाग्ने संक्रामक रोग हो।

Advertisement

लम्पी स्किन रोगका बिरूद्ध LSD-NDOLL भ्याक्सिन लगाइएको हल्दिबारी गाउँपालिका कि पशुशाखा प्रमुख सानुमाया श्रेष्ठले बताइन्। ५० प्रतिशत अनुदानमा लगाइएको भ्याक्सिनको किसानले एउटा पशुको लागि ४५ रूपैयाँ तिर्नुपर्छ।

यो खोप कृषि मन्त्रालय पशु सेवा विभागले सिफारिस गरे  अनुसारको भएकोले कृषकहरूले यो खोप गर्भावस्थामा रहेका, भर्खरै सुत्केरी तथा साना बाच्छाबाच्छी लगायत सबै पशुहरुमा निर्धक्क लगाउन मिल्ने पनि श्रेष्ठले बताइन्।
हल्दिबारी गाउँपालिकाका पशुप्राविधिकहरूले गाँउ गाँउमा गएर खोप लगाइरहेका छन् भने हालसम्म २ हजार भन्दा बढी पशुलाई खोप लगाइसकिएको छ। खोप कार्यक्रम निरन्तर संचालन हुनेछ।

भ्याक्सिन लगाउन चौपाया ल्याउदैँ किसानहरू

गत वर्ष अत्यधिक संक्रमण फैलिएकाले यो वर्ष समयमै खोप अभियान चलाइएकोले सबै पशुपालक किसानलाई आफ्ना चौपायालाई खोप लगाउन गाउँपालीका अध्यक्ष रविन्द्र लिङदेनले आग्रह गरेका छन्।

 

लम्पी स्किन रोगका लक्षणहरू

१०४ डी फरेनहाइट भन्दा धेरै ज्वरो आउने, दानापानी घाँस नखाने तथा पशु दुब्लाउँदै जाने।

शरिरको विभिन्न भागमा, विशेष गरी पेट र थुन को वरिपरि सारो गोलो गिर्खा आउने।
आँखा तथा नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ बग्ने।

खुट्टा सुन्निने र हिडडुल गर्न गाह्रो हुने।

दुध दिने गाईभैँसी को दुध घट्दै जाने ।
प्रजनन् समस्या हुने।

रोगको संक्रमण बढ्दै जाँदा जिवाणु को संक्रमण हुने र घाउ पाक्ने।
लगायतका विभिन्न लक्षणहरू यो रोगमा देखा पर्छन्।
सरूवा रोग भएकाले यसको संक्रमण तिव्र गतिमा बढ्छ ।

लम्पीको लक्षण भएको बाच्छो।

रोग सर्ने माध्यमहरु

लाम्खुट्टे, झिंगा,डाँस र किर्ना जस्ता जीवको टोकाइबाट।

प्राकृतिक र कृत्रिम गर्भाधान बाट।

संक्रमित पशुहरूको
ओसारपसारबाट।
संक्रमितलाई प्रयोग गरेको निडिल तथा सिरिञ्जको प्रयोग।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search