झापा।बालबालिकाहरूको क्षमता अभिवृद्धि सम्बन्धी ३ दिवसीय कार्यक्रम हल्दिबारी गाउँपालिका वडा नं १ मा प्रारम्भ भएकाे छ।
बालबालिकाहरूको चौतर्फी विकासका लागि उनीहरुलाई आवश्यक पर्न विभिन्न विषयमा प्रशिक्षक सुमन ढकालले प्रशिक्षण गर्ने छन्।
हल्दिबारी गाउँपालिकाले २०८१ पौष मसान्त सम्ममा बालमैत्री बनाउन प्रयास गरिरहेको छ।
वडा अध्यक्ष देवीबहादुर थापा को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने रहेका थिए।
वडा सदस्यहरू शान्ता शिवाकोटी, प्रकाश कार्की,रूपा रसाईली, कुलबहादुर राई, मेलमिलापकर्ता दिलकेशर थापा, गरमकाली आधारभूत विद्यालयका प्र अ राम पराजुली, स्वास्थ्य शाखा प्रतिनिधि प्रतिक्षा न्यौपाने, गोलधाप प्रहरी चौकी ईन्चार्ज लगायत को आतिथ्यता रहेको कार्यक्रममा वडा नं १ का सामुदायिक र संस्थागत गरी ८ वटा विद्यालय का विद्यार्थीहरूको सहभागीता रहेको छ। प्रकाश कार्कीले स्वागत गरेको कार्यक्रमको संचालन वडा सचिव तुलशा खत्रीले गरेकी थिइन्।