जनसरोकारका विषयमा हल्दिबारी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

झापा। हल्दिबारी गाउँपालिकाले जनताहरूको जनचासो हरू को सवालमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।

गाउँपालिका तथा वडा कार्यालयहरू वाट प्रवाह हुने सेवा तथा सुविधा, विकास निर्माणको विषयमा जनताको प्रतिक्रिया सल्लाह र सुझाब लिने उदेश्यले गरिएको कार्यक्रममा जनताहरूले विभिन्न विषयमा प्रश्न गरेका थिए।

हल्दिबारी गाउँपालिकाको शिक्षाको स्थिति, खानेपानी, कृषि तथा पशु शाखाका सेवा प्रवाहका विषयमा जनगुनासो तथा सुझावहरु आएका थिए।
प्रतिनिधिमूलक रूपमा कैदी मावो, संजय पौडेल, टिका राउत,गंगा प्रसाई, घनश्याम ढकाल,तारा डागी लगायतका महानुभावहरुले सवाल राखेका थिए भने हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, शिक्षा शाखा प्रमुख जनककुमारी राई, ईञ्जिनियर संकल्प खनाल, पशुपन्छी शाखा प्रमुख सानुमाया श्रेष्ठ लगायतले उठेका सवालहरु को जवाफ सहित कमिकमजोरी मा आगामी दिनमा सुधारेर जाने प्रतिबद्धता व्यक्त गरेका थिए।
हल्दिबारी गाउँपालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरू र आम सरोकारवाला जनताहरूको सहभागितामा संचालित कार्यक्रम को संचालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search