इलाम । राष्ट्रीय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति इलामको आयोजनामा इलाम न पा ५ प्रणामी सेवा कुन्ज बरबोटेमा इलाम न पा ५ नं वडा कमिटी गठन गरिएको छ।
राप्रपा इलाम जिल्ला अध्यक्ष राजेन्द्र चौहान को अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गा पा अध्यक्ष रबिन्द्र लिङ्देन को प्रमुख आतिथ्यता रहेको थियो भने बिशिष्ट अतिथि डा.तिलक चैतन्य रहेका थिए।
उल्लेखिय रूपमा कार्यकर्ताहरु को उपस्थिति रहेको भेलाले बिश्वनाथ भट्टराई को अध्यक्षतामा १३सदस्यीय वडा कमिटी गठन गरेको छ।उपाध्यक्ष पद पछि पूरा गर्ने गरी हाल लाइ सचिव चन्द्र कान्त पौडेल ,कोषाध्यक्ष मनिषा राई सदस्यहरु क्रमश यादव रिजाल ,यादव आचार्य ,कमला सार्की,लक्ष्मीकान्त सापकोटा ,ऋषिभक्त सापकोटा ,कमला आचार्य ,शिव आचार्य र लोक नाथ आचार्य रहेका छन्।
नवगठित समितिलाई प्रमुख अतिथि लिङदेनले प्रमाणपत्र वितरण गरेका थिए भने बिशिष्ट अतिथि डा.तिलक चैतन्य ले खादा ओडाएर सम्मान गरेका थिए।
उक्त कार्यक्रम मा विभिन्न दल परित्याग गर्दै २१ जना राप्रपा मा प्रवेश गरेका थिए।
गत बैशाख १५ को इलाम क्षेत्र नं २को उप निर्वाचनमा रा प्र पा को तर्फबाट प्रत्यासी उम्मेदवार लक्ष्मी गुरुङले स्वागत गरेको कार्यक्रमको संचालन राप्रपा जिल्ला सचीव सुर्य कुमार रिजाल ले गरेका थिए।