झापा।गरिब सँग विशेश्वर कार्यक्रम अन्तर्गत च्याउ खेती प्रविधि सम्बन्धी ४ दिवशिय तालिम आज बाट हल्दिबारी गाउँपालिका वडा नं ४ को च्यांग्राबन्दा टोलमा सुरू भएको छ।
हल्दिबारी वडा नं ३,४ र ५ का ३० जना कृषकहरूको सहभागीता रहेको तालिममा सैद्धान्तिक एवंम प्रयोगात्मक अभ्यास हुने कार्यक्रम संयोजक मिना उप्रेती ले बताइन्।
यो तालिम पश्चात् कृषकहरूले संयुक्त रूपमा च्याउ खेती गर्नेछन् भने व्यक्तिगतरुपमा गर्न पनि सक्षम बनाइने छ।
गत वर्ष पनि संचालन गरिएको यो कार्यक्रमबाट कृषकहरूले लाभ लिइरहेका छन्। उनीहरूले उत्पादन गरेको च्याउ बजारमा बिक्री गरिरहेका छन् भने माग धान्न नि गार्हो भइरहेको उत्पादक कृषकहरुले बताए।
यसपटक रातो च्याउ पनि खेती गरिने छ।
करिब २ लाख लागतमा कार्यक्रम संचालन गरिएको उप्रेतीले जनाइन्। च्याउ खेतीका लागि आवश्यक घर पनि तयार गरिएको छ।
औपचारिक कार्यक्रममा हल्दिबारी गाउँपालिकाका कार्यबाहक अध्यक्ष एवंम हल्दिबारी वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नं ३/४ र ५ का वडाध्यक्षहरु क्रमशः विष्णुप्रसाद ओली, सन्तकुमार थापा र खड्ग लावती साथै वडा नं ३ का वडा सदस्यहरू सर्मिला विश्वकर्मा र कर्णबहादुर भण्डारी, योजना शाखा प्रमुख राजन न्यौपाने लगायतको उपस्थिती रहेको थियो। पहिलो दिनको प्रशिक्षक कृषि अधिकृत विपना सिलवाल रहेकी थिइन्।