विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार पाँच ५ र दुई राज्यमन्त्री थपे मन्त्रिपरिषद विस्तार गरेका हुन्।
योसँगै कोशीमा अब १० सदस्यीय मन्त्रिपरिषद् भएको छ ।कोशीको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी रामबहादुर मगरले पाउँदा गणेश उप्रेतीले भौतिक पूर्वाधार विकास मन्त्रालय पाए।राजेन्द्र कार्की स्वास्थ्य मन्त्री बन्दा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा लिलाबल्लभ अधिकारी आएका छन्।खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयमा एकराज कार्कीले जिम्मेवारी पाएका हुन्।
त्यस्तै, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैँ र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगरले जिम्मेवारी प्राप्त गरेका छन्।
कार्की नेतृत्वमा गत वैशाख २७ गते नयाँ सरकार गठन भएको थियो । सरकार गठन प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेका छ्न्। उनले दयार गरेको रिटमा जेठ ९ गते पूर्ण इजलासमा बहस हुँदैछ।
संविधानको धारा १६८ को उपाधारा ५ बमोजिम नियुक्त भई विश्वासको मत लिएको मुख्यमन्त्री विस्थापन हुन नसक्ने दाबीसहित कार्की सर्वोच्च पुगेका हुन्।