टोलस्तरिय लिगकमको उपाधी जलथल ५ लाई

544 views

झापा। हल्दिबारी गाउँपालिका वडा नम्बर ४ मा मेचे युवा क्लबको आयोजनामा भएको साविक जलथल टोलस्तरीय लिगकम फुटवल प्रतियोगितामा वडा नं ६ लाई ट्राइवेकरमा पछि पार्दै उपाधी वडा ५ नं वडा ले जितेको छ।

Advertisement

जेठ ५ गते भएको फाइनल खेलमा निर्धारित समय जलथल ५ र ६ दुवै तर्फबाट २-२ गोलको बराबरीमा टुङगिएको थियो।

रोचक प्रतिस्पर्धा भएको खेलमा दुवैतर्फ बाट समान २-२ गोल भएपछि पेनाल्टीसुट बाट निर्णायक बनेको खेलमा ४ -३ गोलअन्तरले ५ नं च्याम्पियन बनेको थियो।
प्रतियोगितामा प्रथम हुने जलथल ५ ले नगद १५ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए भने दोस्रो हुने जलथल ६ ले नगद १० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए। सान्त्वना पुरस्कार नगद ५ हजार रहेको थियो।
खेलको म्यान अफ दि म्याच जलथल ५ का जर्सी नम्बर ७ का अरूण मेचे घोषित भए भने वेष्ट फरवार्ड अरूण राई, वेष्ट डिफेन्डर सर्वन मेचे, वेष्ट मिडफिल्डर विश्वनाथ किस्कु,हाई गोल स्कोर वर्मा टुडु, उत्कृष्ट गोलकिपर राहुल मेचे,उदयमान खेलाडी थिकहाङ लिम्बु घोषित भएका थिए।
प्रतियोगिताका उत्कृष्ट खेलाडी एन्जल मगर बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search