झापा। प्रथम सुन्दरपुर मिनी गोल्डकप को आजको सेमिफाइनल खेलमा सैनिक एफ सि लाई ५-० को फराकिलो गोल अन्तरले ले हराउँदै योङ ब्याइज जलथल गोल्डकप को फाइनलमा मा प्रवेश गरेको छ।
आजको खेलको पहिलो हाफ अघि जलथलका जर्सी नं ७ का मनिष योङहाङ र जर्सी नं ९का प्रदिप बुढाथोकीले गोल गरेका थिए।
यसैगरी दोस्रो हाफमा जर्सी नं ९ र ७ कै खेलाडीले थप १-१ गोल गरेका थिए भने जर्सी नं १० का सौरभ सुब्बा ले १ गोल गर्दैै जलथललाई फाइनल प्रवेश गराएका थिए।
रोचक खेल खेले पनि सैनिकले गोल गर्न सकेन।
आजको खेलको म्यान अफ दि म्याच जलथलका जर्सी नं ९ का प्रदिप बुढाथोकी घोषित भएका थिए।
भोलिको खेल आयोजक सुन्दरपुर एफ सि र गोलधाप स्पोर्टिङ्ग क्लब बिच हुने आयोजकले जनाएको छ।