महिलाहरूलाई नौमती बाजा बजाउने तालिमको समापन, बाजा बजाउने समूह तयार

248 views

झापा।हल्दीबारी गाउँपालिकामा महिला दिदीबहिनीहरुलाई लक्षित गरेर १५ दिन अघि सुरु गरिएको नौमती बाजा बजाउने तालिम आज एक समारोहका विच समापन गरिएको छ।

संयुक्त महिला आवाज नेपाल संस्था र हल्दिबारी गाउँपालिकाको संयुक्त आयोजनामा संचालन भएको तालिममा वडा नं १,२,३’४ र ५ का
महिला दिदीबहिनीहरु सहभागी भएका थिए।
महिलाहरूलाई स्वालम्वी बनाउन तथा आर्थिक हैसियत सुधार गर्ने उद्देश्यले आयोजना गरिएको‌ तालिममा सहभागीहरूको बाजा बजाउन सक्ने समूह तयार भएको छ।
आजभोली विभिन्न कार्यक्रममा नौमती बाजा बजाउने प्रचलन रहेको छ भने बाजा बजाउने समूहको माग पनि बढ्दै गएको छ।
बाजाको आवश्यकता आफ्नै ठाउँमा पूरा गर्न आयोजना गरिएको तालिममा सहभागीहरूलाई व्यवसायीक बनाउन गाउँपालिकाले बाजागाजा तथा पोशाकमा सहयोग गर्ने आजका प्रमुख अतिथि एवंम हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले प्रतिबद्धता व्यक्त गरेका थिए।

महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाकी हल्दिबारी शाखा अध्यक्ष शान्ता शिवाकोटीले बताइन।

समापन कार्यक्रमलाई वडा नं. १ का वडा अध्यक्ष देवी बहादुर थापा, २ का अध्यक्ष शुकलाल राजवंशी, कार्यपालिका सदस्य सुष्मा महरा, संयुक्त महिला आवाज केन्द्रीय अध्यक्ष शिखा खड्का गणेश प्रशिक्षक, राजकुमार शिवा, प्रशिक्षार्थी गिता कडरीया लगायतले मन्तव्य राखेका थिए ।

संयुक्त महिला आवाज हल्दिबारी कि अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन,वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा,४ नं वडाध्यक्ष सन्तकुमार थापा, संस्थाकी केन्द्रीय अध्यक्ष शिखा खडका गणेश, लगायतको आतिथ्यता रहेको थियो।कार्यक्रममा स्वागत मन्तब्य संयोजक शारदा लिङदेनले राखेकी थिइन भने संचालन संस्थाकी सचिव रेनुका राईले गरेकी थिइन्।

कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र तथा प्रशिक्षकलाई कदरपत्रले सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search