झापा।हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले अब नयाँ शैक्षिक यात्राको अध्याय सुरूवात भएको बताएका छन् ।
प्रारम्भिक बालविकास केन्द्रका बाल शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तथा बालमैत्री शिक्षण विधि (मन्टेश्वरी) सम्बन्धी तालिमको उद्घाटन समारोहमा बोल्दै लिङ्देनले यस्तो बताएका हुन।
मन्टेश्वरी शिक्षण विधिले बालबालिकामा बौद्धिक, सामाजिक र मनोवैज्ञानिक विकासमा सहयोग पुर्याउँने र यो शिक्षाप्रति अभिभावकको आकर्षण बढ्दो भएकोले पालिकाले ७ दिने तालिमको आयोजना गरेको बताइएको छ ।मन्टेश्वरी शिक्षण विधि बालबालिकाको क्षमता पहिचान गरेर त्यही अनुसारको शिक्षा दिएर सबल बनाउने हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लिङ्देनले मन्टेश्वरी विधीवाट विद्यालयको सानो कक्षा देखी पठनपाठन गराउँदा बालबालिकाहरूलाई राम्रो र संस्कारीक बनाउन सकिने भन्दै बाल शिक्षकहरूले यसलाई आत्मसात गरेर ब्यवहारमा लागु गर्नुपर्ने बताए । उनले अहिलेको शिक्षा राम्रो र ब्यावहारीक हुनुपर्ने भन्दै अभिभावकले आफ्नो वाल वच्चाको शिक्षाका लागि ध्यान दिने वातावरण सिर्जना भएको समेत बताए ।
त्यस्तै मन्टेश्वरी शिक्षण विधिमा विद्यार्थीहरुले परम्परागत स्कुलमा जस्तै घोकेर, रटेर नभई प्रयोगात्मक गतिबिधि मार्फत आफैं सिक्ने भएकाले विश्वभरि नै मन्टेश्वरी शिक्षा प्रख्यात रहेको अवस्थामा हल्दीबारी गाउँपालिकाले पनि मन्टेश्वरी शिक्षण विधिलाई पालिका अन्तर्गतका विद्यालयमा लागु गर्न थालिएको वडा नं.१ का वडा अध्यक्ष एवं कार्यक्रमका अतिथि देवीबहादुर थापाले जानकारी दिए।
घोकन्ते र परम्परागत शिक्षण पद्धतिको सट्टा बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको सिकाइ क्षमता विकास गर्नका लागि बाल शिक्षकहरूलाई मन्टेश्वरी शिक्षण विधि सम्बन्धी तालिम दिइएको शिक्षा समन्वयकर्ता दुर्गा प्रसाद अधिकारी बताएका छन्।
बालबालिकालाई मन्टेश्वरी विधि र पद्धतिबाट सिकाउने स्थानलाई प्रि-स्कुल पनि भनिन्छ । इटालीकी एजुकेटर तथा फिजिसियन मारिया मन्टेश्वरीले सुरुवात गरेको मन्टेश्वरी शिक्षण पद्धति अहिले संसारभर लोकप्रिय भएको छ
त्यसैगरी प्राविधिक सहायक सुमन चौधरीले किताब पढाउनुको साटो खेलकुद तथा अन्य सामग्रीको माध्यमबाट बालबालिकाहरूलाई विभिन्न ज्ञान तथा सीप सिकाइले उनीहरुमा पढ्ने बानीको विकास होस भनेर गाउँपालिकाले यस्ता किसिमका तालिमको आयोजना समयसापेक्ष अनुसार गर्दै आएको बताए ।
औपचारिक कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभाध्यक्ष निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले बालबालिकालाई विद्यालय आउ आउ लाग्ने बनाउन यो तालिम ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए। रमाइलो वातावरणमा पढ्न र धेरै अभ्यासहरु उनीहरू कै मनोविज्ञान अनुसार हुने भएकोले बाल विकास शिक्षकका लागि यो अत्यावश्यक तालिम रहेको धारणा राखेका थिए।
काठमाण्डौमा मात्र सिमित रहेको यो शिक्षण विधि देशमा संघीयता लागु भएपश्चात ग्रामिण भेगमा समेत थुप्रै स्कूलहरु सञ्चालनमा आएका छन् ।
आइतबारदेखि गरमकाली आधारभूत विद्यालयमा सञ्चालित मन्टेश्वरी तालिममा गाउँपालिकाका १७ वटा सामुदायिक, १ वटा धार्मिक गरी ४३जना बाल शिक्षकहरूलाई तालिम दिन लागिएको बताइएको छ ।
कार्यक्रममा गाउँपालिकाका योजना शाखा प्रमुख तथा निमित्त प्रमुख प्रसाशकीय अधिकृत राजन न्यौपानेको अध्यक्षता रहेको थियो भने अन्य शिक्षक, कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो । तालिमको प्रशिक्षक भने दिप्ती धमला रहेकी छन्।