झापा। “बालमैत्री स्थानीय शासन वडा स्तरीय अभियान” भन्ने मूल नाराका साथ एकदिने विद्यालय स्तरीय गोष्ठी कार्यक्रम हल्दीबारी वडा नं ४ का महेन्द्र मा वि र दिपेन्द्र आधारभूत विधालयमा सम्पन्न भएको छ।
बालमैत्री अभियन्ता सुमन ढकालले प्रशिक्षण गरेको कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष सन्त कुमार थापा , दीपेन्द्र आधारभूत विद्यालयका र महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु अनिल चौहान र मदन मगर, वडा सदस्यहरू , वडा सचिव जय पोख्रेल, हल्दीबारी गाउँपालिका बाल संजाल अध्यक्ष पवन गिरी साथ साथै विधार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
वडा नं ४ ले २०८१ कार्तिक मसान्त भित्र वडा लाई बालमैत्री बनाउन लागि परेको वडा अध्यक्ष थापाले जानकारी दिए ।।
प्रशिक्षक ढकाल ले बालमैत्री अवधारणा बारेमा र बालमैत्री सिकाइ र बालमैत्री भनेको के हो भन्ने बारे प्रष्ट पारेका थिए ।