लामिछानेमाथि सरकारले गरेको अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु : अध्यक्ष दाहाल

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणलगायतका आरोपमा छानबिनका लागि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेमाथि ‘प्रतिशोधपूर्ण व्यवहार’ रोक्न माग गरेका छन् ।
Advertisement

Advertisement

 

लामिछानेलाई सरकारले अमानवीय व्यवहार गरिरहेको अध्यक्ष दाहालको दाबी छ । सामाजिक सञ्जालमार्फत दाहालले सोमबार सरकारसँग लामिछानेविरुद्ध अमानवीय व्यवहार नगर्न आग्रह गरेका हुन् । ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु,’ दाहालले भनेका छन्, ‘त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’

लामिछाने कार्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए । सहकारी ठगीमा उनीमाथि कास्की प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search