सहकारी ठगीमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
himalayan bank box
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि हदम्याद ९० दिन रहेकोमा अन्तिम पटक चार दिन म्याद थप भएको हो। उनलाई योसहित नवौं पटक म्याद थप भएको छ। गत कात्तिक २ गते उनलाई पक्राउ गरेर पोखरा लगिएको थियो।
आज कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसमेत ५ जनालाई थप ४ दिन म्याद थप गर्ने आदेश दिएको हो।
हिजोमात्र लामिछानेलाई विभिन्न तीन मुद्दामा सजाय गर्नुपर्ने माग दाबीसहित कास्की प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। लामिछानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाखभन्दा बढी बिगो असुल गर्नुपर्ने राय दिइएको छ। उनीसहित विभिन्न ५१ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवादीहरुबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो असुल गर्नुपर्ने मागदाबी प्रहरीको छ।
झापा औधोगिक ,पर्यटन तथा कृषि महोत्सवको तयारी अन्तिम चरणमा
January 20, 2026
प्रतिनिधि सभा निर्वाचन आउन ४५ दिन बाँकी, आजदेखि आचारसंहिता लागू
January 19, 2026
राप्रपाले टुंग्यायो झापाका ५ वटै क्षेत्रका उम्मेदवार
January 18, 2026
झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार बने एमाले अध्यक्ष ओली
January 17, 2026
मोटरसाइकल दुर्घटनामा भद्रपुरका निरौलाको मृत्यु
January 17, 2026