हल्दीबारी गाउँपालिकाले विभिन्न कार्यक्रम गरी मनायो पृथ्वीजयन्ती एवंम राष्ट्रिय एकता दिवस

झापा।राष्ट्रिय विभूति श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती एवंम राष्ट्रिय एकता दिवस हल्दीबारी गाउँपालिकाले पालिका परिसरमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण , दिपप्रज्वलन एवंम शुभकामना आदानप्रदान गरी मनाइएको छ।

Advertisement

कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन,उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं १ का वडा अध्यक्ष देवीबहादुर थापा, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा सहित जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, प्रहरीहरू, संचारकर्मीहरु, राजनितिक दलका प्रतिनिधीहरू, गाउँपालिकाका कर्मचारीहरू,विधालयका शिक्षक विद्यार्थीहरु एवंम स्थानीय अग्रज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले इतिहास कसैले भुल्न नहुने भन्दै एकता दिवस को शुभकामना दिएका थिए। बडामहाराजाधिराज पृथ्वीनारायण शाहले स -साना टुक्रा राज्यहरू एकिकरण गरी सिंगो नेपालको निर्माण गरेकाले आज सम्म नेपाली भनेर गर्व गर्न पाएको भन्दै सिंगो नेपाल बचाइराख्न सबैको जिम्मेवारी भएको र राष्ट्रनिर्माता को जन्मजयन्ती मनाउन कसैले हिनताबोध गर्न नहुने बताएका थिए।
यसरी नेपाली कांग्रेसका प्रतिनिधि राजेन्द्र ओलीले पृथ्वीनारायण शाह कुनै पार्टीको नभएर सिंगो नेपालको राष्ट्रिय विभूति भएकाले सबैले साझा रूपमा यो दिवश मनाउन पर्ने धारणा राखेका थिए।
यसैगरी हल्दिबारी जेसिजकि अध्यक्ष युनीता दवाडीले पृथ्वी जयन्ती सबैले मनाउन पर्ने र भावी पुस्तालाई पनि इतिहास बुझाउन पर्ने धारणा राखेकी थिईन।
कार्यक्रममा हल्दिबारी गाउँपालिकाका कर्मचारी सुमन चौधरीले राष्ट्रभक्ति गित र हल्दिबारी जेसिजका महासचिव प्रायुस पौडेलले राष्ट्रभक्ति कविता प्रस्तुत गरेका थिए।
यसैगरी हल्दिबारी वडा नं ४ ले पनि दिपप्रज्वलन गरी पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाएको छ।
यस्तै भद्रपुर वडा नं ३ ले पनि पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण र दिपप्रज्वलन गरी राष्ट्रिय एकता दिवस मनाएको वडा अध्यक्ष हेमबहादुर कार्कीले जनाए।
स्थानीय तहमा झापामा हल्दिबारी गाउँपालिका र कनकाई नगरपालिकाले कार्यालय मै कार्यक्रम गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search