हल्दीबारी गाउँपालिका वडा नं १ मा महिलाहरुको लागि साबुन/सरफ बनाउन सिकाउने ४ दिने तालिम कार्यक्रम आज समापन भएको छ ।
वडा नं १ का वडा अध्यक्ष देवीबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष लक्ष्मीदेवी मैनाली रहेकी थिइन भने वडा सदस्य एवंम कार्यक्रम संयोजक शान्ता शिवाकोटी, ४ नं वडा सदस्य एवंम कार्यपालिका सदस्य भगिरथा दाहाल, वडा सदस्य प्रकास कार्की लगायतको उपस्थिति रहेको थियो।
महिलाहरुलाई आर्थिक रुपमा अघि बढाउन, उनीहरुको क्षमता अविबृद्धि गर्न यस तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक शान्ता शिवाकोटीले बताएकी छन्।
यसैगरी प्रमुख अतिथि मैनालीले सिकेको सिपलाई व्यवहारिक रूपमा लागु गरी व्यवसायीक बन्न जरूरी रहेको धारणा राखेकी थिइन।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले
महिलाहरुको आत्मबल बढाउन साथै आत्मनिर्भर बनाउनका लागि वडा कार्यलयले यस कार्यक्रमको आयोजना गरेको बताए।
यसैगरी वडा सदस्य कार्कीले सानो लगानीबाटै गर्न सकिने र दैनिक जिवनमा प्रयोग हुने यि सामाग्री उत्पादन गरेर सामुहिक रूपमा पनि अघि बढ्न सकिने भन्दै दिदीबहिनीहरूलाई अघि बढ्न प्रोत्साहन गरेका थिए।
तालिमको प्रशिक्षक रूद्रप्रसाद भट्टराई र सिता बानिया रहेका थिए।
तालिममा सहभागी महिला दिदीबहिनीहरूले साबुन, सरफ, फिनेल, हार्पिक ,झोल साबुन बनाउन सिकेका थिए भने आफुहरू यो तालिमबाट सन्तुष्ट भएको र घरायसी प्रयोजनका लागि उत्पादन गर्ने र क्रमश व्यवसायीक बन्ने धारणा राखेका थिए।सहभागीका तर्फबाट जमुना कटवाल, पुजा राई र निर्मला अधिकारीले आफ्नो भनाइ राखेका थिए।कार्यक्रम संचालन वडा सचिव तुलसा खत्रीले गरेकी थिइन।