गोलधाप टोलस्तरीय फुटबल प्रतियोगितामा ,सिंहवाहिनीसंग नुनथला टोल १-० ले पराजित

झापा, हल्दीबारी – झापाको हल्दीबारी गाउँपालिका–१, गोलधापमा सञ्चालित “प्रथम ज्ञान बहादुर तथा थमवती काम्बाङ स्मृति टोल स्तरीय नकआउट फुटबल प्रतियोगिता–२०८१” अन्तर्गत आज सम्पन्न दोश्रो दिनको खेलमा साबिक वडा नं. ४ सिंहवाहिनी टोलले साबिक वडा नं. ३ नुनथला टोललाई १–० को झिनो अन्तरले पराजित गर्दै विजयी भएको छ।

Advertisement

 

 

 

 

निर्धारित ६० मिनेटको खेलमा खेलको पहिलो हाफमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको भए पनि गोलरहित बराबरीमै समय टुङ्गिएको थियो।

दोस्रो हाफमा सिंहवाहिनी टोलका लागि जर्सी नं. १३ का सन्जोक हस्ता निर्णायक गोल गर्दै टिमलाई अग्रता दिलाए। उत्कृष्ट प्रदर्शनका आधारमा सिंहवाहिनी टोलका खेलाडि सन्जोक हस्तालाई “म्यान अफ दि म्याच” घोषित गरिएको छ।

राष्ट्रिय युवा संघ नेपाल, हल्दीबारी वडा नं. १ कमिटीको आयोजनामा सञ्चालित प्रतियोगिता २०८१ सालको चैत २२ गतेदेखि सुरु भई फाइनल खेल चैत ३१ गते हुने खेलका अध्यक्ष सन्जोग राईले जानकारी दिए।

प्रतियोगिता स्थानीय युवा खेलाडीहरूको प्रतिभा प्रस्फुटन तथा टोलस्तरीय खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको पनि अध्यक्ष राई बताए । उक्त प्रतियोगिताको भोलिको खेलमा गोलधाप साबीक ८ किरात टोल विरुद्द वडा न १ पन्चकन्या टोल विच जन जागृती माबी को खेल मैदानमा हुनेछ ।

 

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search