झापा। हल्दीबारी गाउँपालिका भित्रका सन्थाल जातिका महिलाहरुका लागि ३ दिवसीय साबुन सरफ तथा हार्पिक बनाउने तालिम सृजनशिल महिला समुहको सामुदायिक भवन मंगलबारेमा आज बैशाख १० गते आरम्भ भएको छ ।तालिम मा हल्दीबारीका ५ वटै वडाका २५ जना सन्थाल दिदिबहिनीहरुको सहभागिता रहेको छ।
उध्यम ब्यवसाय गरि पिछडिएका सन्थाल महिलालाई उद्यमी तथा स्वरोजगार बनाउने उद्देश्य ले यो कार्यक्रम संचालन भएको हो ।हल्दीबारी गाउँपालिका वडा न ४ का वडाध्यक्ष श्री सन्तकुमार थापाको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको अध्यक्षता योजना तथा सामाजिक बिकास शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।
कार्यक्रम को संचालन महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरले गरेकी थिइन।
तालिममा स्थानीय निम,घ्यु कुमारी लगायतको कच्चा पदार्थ बाट समेत साबुन बनाउन सिकाइने प्रशिक्षक सिता बानियाले बताइन्।