सन्थाल समुदायको जातिय पोशाक पञ्चिमा बनाउने तालिम हल्दीबारीमा सुरू

झापा।नेपाल सन्थाल आदिवासी महिला उत्थान समिति झापाको आयोजनामा हल्दीबारी गाउँपालिका वडा नं ४ मा सन्थाल जातिको जातिय पोशाक पञ्चिमा बुट्टा लगाउने तथा पेन्टिङ गर्ने तालिम आज शुभारम्भ भएको छ।

तालिममा हल्दीबारीका ५ वटै वडाबाट ३ जनाका दरले १५ जना महिला सहभागी भएका छन्।
आफ्नो भेषभुषा संरक्षण तथा नयाँ पुस्तालाई संस्कृति र परम्पराको बारेमा बुझाउन
झापा जिल्ला मै पहिलो पटक यो तालिम संचालन गरिएको संस्थाकि अध्यक्ष मन्दिरा किस्कुले बताइन्।

आफ्नो छुट्टै पोषाक भएको यो जातिको नृत्य दशै तिहारमा झापा मोरङमा विशेष रहने गरेको छ ।
मन्दिरा किस्कुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य माननिय मोहन टुडु रहेका थिए भने विशिष्ट अतिथीहरुमा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, नेपाल सन्थाल उत्थान संघका महासचिव कुन्दन मुर्मु, नेपाल सन्थाल विकास संघ झापाका अध्यक्ष बडाराम हेमरम, नेपाल सन्थाल आदिवासी उत्थान संघ झापाका अध्यक्ष लखन हेमरम, निस्पेक्टर मुर्मु, हल्दीबारी गाउँपालिका शिक्षा सहजकर्ता दुर्गाप्रसाद अधिकारी लगायत रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि टुडुले छुट्टै पहिचान भएको सन्थाल समुदायले आफ्नो जातिय भेषभुषा भारतबाट आयात गर्दै आएकोले यहाँ सिप सिकेर व्यवसायीक रूपमा अघि बढ्न आग्रह गरेका थिए। यसैगरी उनले पोषाकमा नेपालको अस्तित्व झल्काउने सगरमाथा, लालीगुराँस लगायतको बुट्टा प्रयोग गर्न सके अन्तर्राष्ट्रिय स्तरमा नेपालको पोषाक भिन्न हुने धारणा राखेका थिए भने पढाई संगै राजनैतिक र कानुनी कुराहरु बुझ्न सके थप सहज हुने विश्वास ब्यक्त गरेका थिए।

यसैगरी कार्यक्रममा बोल्दै पालिका अध्यक्ष लिङदेनले सन्थाल समुदायले समाजको नेतृत्व गर्दै सरकारी सेवामा प्रवेश गर्नुपर्ने बताउँदै संस्थागत रुपमा माग गरे लोकसेवा तयारी कक्षा संचालन गरिदिने बताए।

यसैगरी १५ दिनको आधारभूत तालिम रहेको र यसको थप तालिमको कोर्ष गर्न आवश्यक माग भए पालिकाले सहयोग गर्ने प्रतिबद्वता पनि जनाएका थिए।
नेपाल संथाल आदिवासी उत्थान संघका महासचिव कुन्दन मुर्मुले सन्थालहरू पिछडिएको भन्दा पनि पछि पारिएको भन्दै आफ्नो कला संस्कृतिको जगेर्ना गर्न सबै लाग्नुपर्ने धारणा राखेका थिए।
कार्यक्रमको अन्त्यमा बोल्दै संस्थाकी अध्यक्ष किस्कुले कुनैपनि जातजातिको अस्तित्व मौलिक पोषाकमा झल्किने त्यसमा पनि सन्थालको विशेष गरगहना र पोषाक रहेकाले स्थानीय स्तरमै यसको उत्पादन गरि महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताइन।
संस्थाकी सदस्य सुरजमनी टुडुले स्वागत गरेको कार्यक्रम सचिव सर्मिला सोरेनले संचालन गरेकी थिइन् ।
तालिमको प्रशिक्षक अनिता तामाङ रहेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search