बाल क्लब एवम बाल संजालका पदाधिकारीहरूका अभिमुखिकरण कार्यक्रम सम्पन्न

झापा।बाल क्लव एवम बाल संजालका पदाधिकारीहरूका लागि एक दिने अभिमुखिकरण कार्यक्रम हल्दिबारी गाउँपालिकामा आज सम्पन्न भएको छ ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा पालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, १ नं वडाका वडा अध्यक्ष देवीबहादुर थापा,२ नं वडाका वडा अध्यक्ष शुकलाल राजवंशी,४ नं वडाका वडा अध्यक्ष सन्तकुमार थापा, सामाजिक विकास समिति संयोजक शान्ता शिवाकोटी, वडा नं १ का वडा सदस्य प्रकास कार्की , हल्दीबारी पालिका स्तरिय बालसंजालका अध्यक्ष पवन गिरी     लगायत हल्दीबारीका सामुदायिक र संस्थागत विधालयका विधार्थीहरूको प्रतिनिधिमुलक सहभागिता रहेको थियो।
कार्यक्रममा बाल अधिकार, संरक्षण,वालविकास, सहभागिता , अधिकार र कर्तव्य ,बालमैत्री स्थानिय शासनका लागि आवश्यक मापदण्ड, लगायतका विषयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने र बालबालिका शाखा प्रमुख तृष्णा थापाले प्रशिक्षण गरेका थिए।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष लिङदेनले सबैको सक्रिय सहभागिता र जागरुकताले मात्रै बालमैत्री गाउँपालिका बनाउन सम्भव हुने भन्दै पालिकाले प्रयास गरिरहेको बताए।
बालबालिकालाई अध्ययन संगै अन्य क्षमता अभिवृदिका विषयहरूमा पनि चासो राख्न सुझाव दिएका थिए।
यसैगरी उपाध्यक्ष मैनालीले बालमैत्री तह बनाउन बालबालिकाको सुझाव पनि महत्वपूर्ण हुने र आफुले सिकेका कुरा अरूलाई पनि बुझाउन पर्ने धारणा राखेकी थिइन।
४ नं वडा अध्यक्ष सन्तकुमार थापाले वडाले पहिलो बालमैत्री वडा बनाउन आवश्यक मापदण्ड पुरा गर्ने कार्य अघि बढेको जानकारी गराए।वडाले तथ्याङ्क संकलनको कार्य सकिसकेको र अन्य कार्यक्रम निरन्तर गर्दै आएको बताएका थिए।
कार्यक्रममा बालबालिकाको सहभागितामा प्रयोगात्मक अभ्यासहरू सहित श्रव्य दृश्य मार्फत प्रशिक्षण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search