वन,वातावरण तथा महिला सशक्तीकरणमा ग्रिन गभर्नेस नेपाल

झापा।ग्रिन गभर्रनेस नेपालले दियालो सामुदायिक वन उपभोक्ता समुहका महिलाहरूको जिवनस्तर उकास्न महिला सशक्तीकरणका लागि माछापालन सहयोग तथा तालिम कार्यक्रम गरेको छ।समुहको पोखरीमा कार्प जातका करिब ४ हजार माछाका भुरा लगाइएको हो।


७ जना महिलाहरुको समूहलाई माछा पालन सम्बन्धी तालिम सहित बिउपुजी हस्तान्तरण गरिएको कार्यक्रम संयोजक सुवास बुढाथोकीले बताए।
संस्थाले साना साना योजना मार्फत सामुदायिक वनहरुको गुणस्तर सुधार गर्न तथा समुहलाई आर्थिक रूपमा सबल बनाउन लक्षित वर्ग छनौट गरेर कार्यक्रम संचालन गर्दै आएको छ।जलथल वन क्षेत्रका मायालु, विशाल, दियालो,दशरथपुर,दुर्गाभिट्टा , पूर्व देउराली र देउराली चारकोसे वन उपभोक्ता समुहमा काम गर्दै आएको संस्थाले जंगली जनावरहरूलाई पानीको खोजीमा बाहिर निस्कन नपरोस् भनेर सिमसार व्यवस्थापनमा सहयोग गरेको छ।
मिचाहा प्रजाती न्युनिकरणका लागि झाडी सफाई तथा जैविक मल बनाउने कार्यमा सहयोग गर्ने गरेको छ जसले कृषि उत्पादनमा पनि टेवा पुर्याएको छ। यसैगरी कृषि वन अन्तर्गत
बेसार खेती प्रवर्द्धन तथा रैथाने वनस्पति संरक्षण, खाली भूभागमा रैथाने वनस्पति, फलफूल का बिरूवा बृक्षारोपण , गोडमेल लगायतका कार्यक्रमहरु गर्दै आएको छ।
रैथाने वनस्पतिहरूको पुनर्उत्पादन बढाउन र बाह्य प्रजाति को प्रयोग घटाउन रैथाने प्रजाति संरक्षण गर्न गोडमेल तथा बृक्षारोपण कार्यमा समुहलाई साथ दिदै आएको छ।
वन उपभोक्ता समुहका पदाधिकारी र उपभोक्ताहरुको क्षमता अभिवृद्धिका लागि नेतृत्व विकास तालिम, जनचेतना लगायतका कार्य गर्दै आएको संस्थाले वनका प्राविधिक कामहरुलाई पनि निरन्तरता दिएको छ।यसैगरी संस्थाले वन वातावरण सम्बन्धी जानकारी गराउने उद्देश्यले मदरलेण्ड इङलिस स्कुल र दमक मोडल सेकेण्डरी स्कुल का विधार्थीहरूलाई वनक्षेत्रमा अध्ययन अवलोकन भ्रमण गराएको छ।
संस्था Gef, ,SGP ,र UNDP को सहयोगमा संचालित हो।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search