किरात याक्थुङ चुम्लुङ माल्टाले महान चाड बलिहाङ तङ्नाम २०२५ मनाउने

किराँत याक्थुङ समुदायको ऐतिहासिक र सांस्कृतिक पर्व बलिहाङ तङ्नाम (येले तङ्बे ५०८५) यस वर्ष माल्टामा पनि विशेष कार्यक्रमका साथ मनाइने किरात याक्थुङ चुम्लुङ माल्टाले जनाएको छ। २०२५ अक्टोबर २५ तारिखमा माल्टाको पिएता क्षेत्रमा बिहान १० बजे देखि राति ११ बजे सम्म ‘लारिङ्गे/नाम्लिङ्गे (देउसी–भैलो) साथै याक्थुङ लिम्बू जातिहरूको संस्कार संस्कृति झल्किने केलाङ्, धाननाच कार्यक्रम गर्ने भएको हो ।

Advertisement

माल्टामा किरात समुदायको संस्था किरात याक्थुङ चुम्लुङले यही अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै प्रवासमा रहेका नेपालीबीच एकता, संस्कृति र पहिचानको सन्देश फैलाउने उदेश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम लिम्बुले जानकारी दिएका छन् ।

बलिहाङ तङनाम किरात समुदायको महान चाड हो, जसले पुर्खा, परम्परा र प्रकृतिप्रतिको श्रद्धा प्रकट गर्छ। यो पर्व किरात याक्थुङहरूको धर्म, संस्कार र सांस्कृतिक अस्तित्वसँग गहिरो सम्बन्ध राख्ने गरेको र नेपालमा यो पर्व विशेषगरी पूर्वी पहाडी जिल्लाहरू — इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर र संखुवासभामा अत्यन्त हर्षोल्लासका साथ मनाइने गरिन्छ र विदेशमा बसोबास गर्ने किराँतहरुले पनि आ-आफ्नो ठाउँबाट यस पर्व मनाउने गरेको किरात याकथुङ चुम्लुङ माल्टाका उपमहासचिव संजय योङहाङले बताए ।

“बलि” शब्दको अर्थ पवित्र आत्मा, शक्ति र बलिदानसँग सम्बन्धित छ भने “हाङ” शब्दले राजा वा नेता जनाउँछ। यस पर्वमा किरात समुदायले आफ्ना पुर्खा र प्रकृतिलाई पूजा अर्चना गरी आशीर्वाद ग्रहण गर्छन्। यसरी बलिहाङ तङनामले मानव, प्रकृति र पूर्वजबीचको सम्बन्धलाई जोड्ने सन्देश दिन्छ।

माल्टामा रहेका किरात याक्थुङ समुदायले स्थापना वर्षमा नै किरात याक्थुङहरु को महान पर्व बलीहाङ तङ्नाम तथा परम्परागत पर्वहरूलाई प्रवासमै मनाउँदै आएको संस्थाका सचिब दिपेन थक्लुङ लिम्बुले जानकारी दिए।यस्ता कार्यक्रमहरूले नयाँ पुस्तामा आफ्नो संस्कार जर्गेना गर्न प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search