हल्दीबारी ५ द्वारा वडा अध्यक्षकप फुटबल प्रतियोगिताका बिजेता खेलाडी सम्मानित

हल्दीबारी गाउँपालिका वडा नं. ५ ले वडा नं १ ले आयोजना गरेको वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा विजयी बनेका आफ्ना खेलाडीहरूलाई कदरपत्रसहित सम्मान गरेको छ ।

प्रतियोगिताको फाइनल खेलमा वडा नं. ५ ले वडा नं. १ लाई ट्राइबेकरमा पराजित गर्दै उपाधि जितेको थियो । जितसँगै वडा नं. ५ ले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै वडा र गाउँपालिकाको प्रतिष्ठा उँचो बनाएको भन्दै खेलाडीहरूलाई सम्मान गरिएको वडा अध्यक्ष खडक लावतीले बताउनु भएको छ । वडा खेलकुद समिति संयोजक शिवमाया मगरको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, प्रमुख प्रशासकीय अधिकृत मान ब वन महेन्द्र, वडा नं १ का वडा अध्यक्ष देवी बहादुर थापा,  वडा नं ४ का वडा   अध्यक्ष सन्तकुमार थापा,वडा   नं ५ का वडा सदस्यहरू बिजय फागो, सुष्मा महरा , जिवन कन्दङवा , वडा नं १ का वडा सदस्य प्रकास लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै वक्ताहरूले
खेलाडीहरूको मेहनत, अनुशासन र टिम भावना प्रशंसनीय रहेको उल्लेख गर्नुभएको थियो।

वडा कार्यालयले खेलकुद गतिविधिले युवाहरूलाई सकारात्मक दिशातर्फ अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search