राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाको अध्यक्षमा शारदा रिजाल

झापा। राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाको अधिवेशनवाट शारदा रिजाल अध्यक्ष चुनिएकी छन। बिर्ता लेडी जेसिज कि संस्थापक अध्यक्ष, विभिन्न संघ संस्थाकाे नेतृत्व गरेकी रिजाल सर्वसम्मत निर्वाचित भएकी हुन्। ३५ सदस्यिय समिति निर्बिरोध बनेकाे छ भने केही दिनमै संगठन ले पूर्णता पाउने राप्रपा ले जनाएको छ। आज मंगलबार झापा दमकको पशुपति मन्दिर परिसरमा तिज मिलन तथा प्रजातान्त्रिक महिला संगठन गठन कार्यक्रममा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन प्रमुख अतिथि रहेका थिए भने महिला संगठन अध्यक्ष अन्जना रावल शाह , केन्द्रीय सदस्य अमर विष्ट, राधा पोख्रेल, दमक नगरप्रमुख राम थापा, जिल्ला अध्यक्ष केशव ओझा, भद्रपुर नगरउप्रमुख राधा कार्की, हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मी मैनाली, राप्रपा बिर्तामोड नगरप्रमुख रन्जु प्याकुरेल लगायत अतिथि रहेका थिए।
कार्यक्रममा गत स्थानीय निकायको निर्वाचनमा विजय हासिल गरेका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो।कार्यक्रममा बोल्दै प्रजातान्त्रिक महिला संगठन अध्यक्ष रावलले अव महिलाहरु हरेक क्षेत्रमा अब्बल हुनुपर्ने भन्दै नेतृत्व लिएर अघि बढ्न आग्रह गरेकी थिइन्। प्रमुख अतिथि लिङदेनले नवगठित संगठनका सबैलाई बधाई दिदै आगामी दिनमा संगठन अझै मजबुत बन्नु पर्ने धारणा राखेका थिए।
चुनाव नजिकिँदै गर्दा संगठन दर्हो हुनुपर्ने र यो चुनाववाट राप्रपा राष्ट्रिय पार्टी बन्नैपर्ने आवश्यकता रहेकाले सबैले आफ्नो ठाउँबाट सक्रियता बढाउन आग्रह गरेका थिए।

Advertisement
Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search