प्रदीप ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारी निर्वाचित

गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी भएका छन्। उनले एमालेका प्रदीप ज्ञवालीलाई पराजित गरेका हुन् यसअघि २०७४ सालको निर्वाचनमा गुल्मी–१ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित भएका थिए। आज सम्पन्न मतपरिणाम अनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याएका छन् भने ज्ञवालीले ३० हजार ९ सय ३५ मत ल्याएका छन्।

Advertisement

एमालेका उपमहासचिवसमेत रहेका ज्ञवालीले सामाजिक सञ्जालमार्फत हार स्वीकार्दै मतदातालाई धन्यवाद दिएका छन्। उनले लेखेका छन्, ‘अथक प्रयाशका बाबजुद हाम्रो अभियान सफल हुन सकेन। तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु। प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु। कहाँ कमीहरु रहन गए, समयक्रममा समीक्षा हुने नै छ।’  साथै उनले निर्वाचित भएका भण्डारीलाई बधाई पनि दिएका छन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search