वन डढेलो नियन्त्रण सप्ताह चल्दै , जलथल वनमा जैविक मल बनाउने अभ्यास

झापा।”डढेलोबाट वनलाई जोगाऔँ
जैविक विविधता को संरक्षण गरौँ ” भन्ने नाराका साथ वनक्षेत्रमा हुने  प्रज्वलनशील पत्करबाट प्राङ्गारिक मल बनाउने अभ्यास सहित डढेलो नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम चौकीविरान सामुदायिक वनमा सम्पन्न भएको छ।

हल्दिबारी गाउँपालिकाका रणकाली, रातमाटे, चौकीविरान, हरियाली र शान्ति सामुदायिक वन समूहका प्रतिनिधिहरू को उपस्थिति रहेको कार्यक्रमको आयोजना डिभिजन वन कार्यालय झापाले गरेको हो।
रणकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर सांवा को अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय झापाकी अधिकृत अञ्जना पुरी, जलथल सव डिभिजन प्रमुख राजु खड्का, हरियाली सामुदायिक वन उपभोक्ता समूह का उपाध्यक्ष अर्जुन निरौला, फरेष्ट एक्सन नेपाल का रेञ्जर रविन्द्र पुन मगर लगायत विभिन्न वनका प्रतिनिधिहरू, संचारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

वनमा कसरी डढेलो लाग्छ? नियन्त्रणका के के प्रयास गर्न सकिन्छ? भनेर जलथल सव डिभिजन वन कार्यालय प्रमुख खडका ले प्रष्ट पारेका थिए।

कार्यक्रमको दोस्रो चरणमा  सुख्खा मौसममा रूखका पातहरू झर्ने  तथा आगलागी बढी हुने गरेकाले  प्रज्वलनशील झारपात प्रयोग गरेर जैविक मल बनाउन सके डढेलो नियन्त्रण गर्न सकिन्छ भनेर फरेष्ट एक्सन नेपालका वन प्राविधिक रविन्द्र पुन मगर ले जानकारी गराएका थिए भने त्यसको प्रयोगात्मक अभ्यास पनि गरिएको थियो। चौकीविरान सामुदायिक वन समूहले आगामी दिनहरुमा जैविक मल बनाउने कार्यलाई निरन्तरता दिने समूहका सह सचिव सन्तलाल मेचेले जानकारी दिएका छन्।

चैत वैशाख को सुख्खा याममा धेरै वनजङ्गलहरूमा आगलागी हुने गरेकोले प्रत्येक वर्ष चैत्र १ गतेदेखि ७ गते सम्म लाई वन डढेलो नियन्त्रण सप्ताहको रूपमा मनाउने गरिएको र यसमा वन डढेलो नियन्त्रण सम्बन्धी जनचेतनामूलक विभिन्न कार्यक्रम भिन्न भिन्न वन समूहमा गर्ने गरिएको अधिकृत पुरीले बताईन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search