हल्दिबारी वडा नं २ द्वारा कृषकहरूलाई आलुको बिऊ वितरण

झापा। हल्दिबारी गाउँपालिका वडा नं २ ले कृषकहरूलाई आलुको बिऊ वितरण गरेको छ।

१५ दिने सुचना निकालेर निवेदन माग गरिएकाे र निवेदन पेश गर्ने करिव ३०० कृषकहरूलाई बिऊ वितरण गरिएको थियो।


उत्पादन पश्चात बिऊको ५० प्रतिशत कृषकले फिर्ता गर्ने र त्यो बाट प्राप्त भएको रकम २ नं वडाका सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजामा खर्च गरिने वडा सचिव मदन थापाले जानकारी दिए।
जग्गाको क्षेत्रफलको आधारमा १० देखि २० के जी सम्म आलुको बिऊ साथमा हुस्सु को औषधि र भिटामिन पनि वितरण गरिएको वडा अध्यक्ष शुकलाल राजवंशीले बताए।
वडाको कृषि कार्यक्रमको लागि छुट्याइएको २ लाखबाट आलुको बिऊ खरिद र करिब ४५ हजार बराबरको औषधी र भिटामिन खरिद गरिएको पनि राजवंशीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search