सामुदायिक वन उपभोक्ता महासंघ झापाले गर्यो लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम

झापा। “लैङ्गिक हिंसा विरुद्धको सुनिश्चितता, महिला र बालबालिकाहरूमा लगानीको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरमा मनाइदै गरेको “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान” का क्रममा सामुदायिक वन उपभोक्ता महासंघ झापा ले सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
हिंसा भनेको के हो? हिंसा कति प्रकारका हुन्छन? हिंसा विरुद्ध के कसरी उजुरी गर्ने लगायतका विषयमा प्राकृतिक द्वन्द रूपान्तरण केन्द्र कि संयोजक संगिता थापाले प्रष्ट पारेकी थिईन्।

जिल्ला महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी को अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेती प्रमुख अतिथि रहेकी थिइन्।
यसैगरी कोशी प्रदेश महासंघ कि कोषाध्यक्ष गिता भण्डारी, सदस्य ऐनकुमारी दाहाल , मेचीनगर नगर महासंघ अध्यक्ष जानुका ओली न्यौपाने, अर्जुनधारा नगर महासंघ अध्यक्ष भानु श्रेष्ठ, हातेमालो सामुदायिक वन समूहका अध्यक्ष चन्द्र सिग्देल लगायत को आतिथ्यता रहेको कार्यक्रममा विभिन्न समूहका पदाधिकारीहरूको उपस्थिति रहको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी उप्रेतीले सबै लिङ्गका मानिसहरु हिंसामा पर्न सक्ने भन्दै कुनैपनि प्रकारको हिंसा विरुद्ध सबैले आवाज उठाउन पर्ने धारणा राखेकी थिइन्। महिलाहरू अझैपनि कार्यकारी पदमा पुग्न विभिन्न तरिकाले रोकिएको भन्दै उनले जागरुक हुन आग्रह गरेकी थिइन्।

महासंघका उपाध्यक्ष चन्द्र तामाङ्गले कार्यक्रमको स्वागत गरेको कार्यक्रमको संचालन कोषाध्यक्ष देवीका अधिकारीले गरेकी थिइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search