काेशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद्

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। कार्कीले शुक्रबार  चार मन्त्री र दुई जना राज्यमन्त्री थपेर  १० सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन्।

नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्री बनेका छन्। सुनुवारलाई स्वास्थ्य र खत्रीलाई  उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

माओवादी केन्द्रबाट राजेन्द्र कार्की र नारायण मगर मन्त्री बनाइएको छ।  कार्की सामाजिक विकास र मगर खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री बनेका छन्। यस्तै इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री  र सुनिताकुमारी गुरुङ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री  सुनिता कुमारी गुरूङ नियुक्त भएका छन्। थापा र गुरुङ कांग्रेसका हुन्।

कार्कीको मन्त्रिपरिषद्मा शम्शेर राई आन्तरिक मामिला तथा कानुनमन्त्री, गणेश उप्रेती पर्यटन, वन तथा वातावरणमन्त्री र कमलप्रसाद जगेबु भौतिक पुर्वाधार विकासमन्त्री छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search