राप्रपाले भन्यो– स्वार्थको गठजोडका प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वास मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङ्देनले सत्ताकेन्द्रित नयाँ सत्तासमीकरण भएकाले यसले आफूलाई देश र जनताको पक्षमा नभई आफ्नो सुरक्षा कवजको रूपमा प्रयोग गर्ने जिकिरसमेत गरे । उनले सत्तारुढ गठबन्धनले प्रस्तुत गरेको सातबुँदे सम्झौता देश र जनताको हितमा नरहेको पनि बताए ।

अध्यक्ष लिङ्देनले भने, ‘जतिसुकै सिद्धान्त र दर्शनको लेप लगाए पनि अहिले भएको सत्ता हेरफेर भनेको स्वार्थको गठजोड हो । स्वार्थ मिले टाँसिने, नमिले छुट्टिने । त्यो सत्ता निर्माण हुँदाखेरी बनेको सातबुँदै, आठबुँदे सहमति हेर्दा पनि त्यही देखिन्छ । देशलाई, जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर यो सरकार बनेको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search