कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त,शपथ अपराह्न ५ बजे

346 views

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको शपथ बिहीबार अपराह्न ५ बजे हुने भएको छ । प्रदेश प्रमुख कार्यालयले कार्कीको शपथ ५ बजेका लागि तय गरेको हो ।

कार्कीको शपथलगत्तै कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । जसअनुसार एमालेबाट रामबहादुर रानामगरलाई मन्त्री बनाउने तयारी भएको छ । उनलाई  अर्थ मन्त्रालयको जिम्मेदवारी दिने गरी छलफल भएको एक नेताले जानकारी दिए ।

यस्तै माओवादी केन्द्रबाट दुर्गा चापागाईँ र गणेश उप्रेतीमध्ये एक जना आज मन्त्री बन्नेछन् । माओवादीलाई भौतिक पूर्वाधार मन्त्रालय दिनेगरी छलफल दिने गरी गठबन्धनमा सहमति भएको बताइएको छ । बाँकी मन्त्रालयमा भने गठबन्धनमा छलफल गरेर सहमति भएपछि छिट्टै मन्त्री नियुक्त हुनेछ ।

प्रदेश प्रमुख परशुराम खापुङले ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै आजै कार्कीलाई  मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका थिए ।  यसअघि कोशीको नयाँ मुख्यमन्त्रीमा कार्कीले  बिहान ५२ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष आफ्नो दाबी पेश गरेका थिए । उनलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search