कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेश सभाबाट उनले विश्वासको मत लिएका हुन्।
नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त कार्कीको पक्षमा ५७ सांसदले मत दिएका हुन्।
कार्कीलाई एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले विश्वासको मत दिए। उनको विपक्षमा कसैले पनि मतदान गरेनन्।
प्रदेशसभाका ९३ मध्ये ६२ जना सांसद उपस्थित थिए। बैठकलाई नेपाली कांग्रेसले बहिष्कार गरेको थियो।राप्रपाका सांसदहरू तटस्थ बसे।