झापा। चन्द्रगढी युथ क्लब लाई २-१ गोलले पराजित गर्दै योङ बोइज एफ सि जलथल सुन्दरपुर मिनी गोल्डकप को क्वाटर फाईनल मा प्रवेश गरेको छ।
जेठ १२ गते शनिवार वाट सुचारु भएको खेल को आज तेस्रो दिन को खेल रोमान्चक र प्रतिस्पर्धात्मक रहेको थियो ।योङ बोईज एफ सि जलथल का जर्सी नं १७ का धुर्व तिवारी र जर्सी नं का ३ मनिष योङहाङ द्वारा पहिलो हाल्फ अघि आफ्नो टिम को लागि गोल गरि अग्रता लिएका थिये भने , सेकेन्ड हाल्फ पछि आत्मरक्षा का लागि चन्द्रगडी युथ क्लब का जर्सी न १३ का रोहित सुब्बा ले १ गोल आफ्नो टिम का लागि गरेका थिए । आज को खेलको म्यान अफ द म्याच योङ बोइज एफ सि जलथल का धुर्ब तिवारी घोषित भएका थिए। एक हप्ता सम्म चल्ने खेलकुद को कार्यक्रम संचालन आकाश क्षेत्रीले गरि रहेका छन।
भोलि को खेल गोल्धाप स्पोर्टिङ क्लब भर्सेस बगान एफ सि को रहने छ ।