गोलधाप स्थित सरस्वती माबीको सन्थाल समुदायका १३ विद्यार्थीलाई छात्रवृत्ति वितरण

झापा – हल्दीबारी–१ कोचाटोलीस्थित सरस्वती माध्यमिक विद्यालयमा आज मिति २०८२/७/२८ गते शुक्रबार एक विशेष छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ। हेल्पिङ ह्याण्डस फर नेपाल–नर्वे (HHN) ले गरिब तथा जेहेन्दार सन्थाल समुदायका विद्यार्थीहरूको शैक्षिक सहयोगार्थ कुल रु १,००,८२६ रकम प्रदान गरेको हो।

Advertisement

उक्त सहयोग रकमबाट सन्थाल समुदायका १३ जना विद्यार्थीहरुलाई पोशाक, साइकल तथा अन्य आवश्यक शैक्षिक सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमका अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार लिमखिमले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि हल्दीबारी–१ का वडाध्यक्ष देवीबहादुर थापा, विशिष्ट अतिथि HHN का प्रतिनिधि घनश्याम पोखरेल, वडा सदस्य प्रकाश कुमार कार्की, विद्यालय व्यवस्थापन समितिका सदस्य पोष्ट बहादुर खड्का, हिमकुमार उप्रेती लगायतको उपस्थिति रहेको थियो।

छात्रवृत्ति वितरण कार्यक्रम विद्यालयका प्रधानाध्यापक प्रेमकुमार न्यौपानेले सञ्चालन गर्नुभएको थियो।

विद्यालयको तर्फबाट Helping Hands for Nepal–Norway (HHN) का अध्यक्ष तारणी पोखरेल तथा सम्पूर्ण HHN परिवारप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।

-आशिष् राई

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search