हल्दिबारी -३ मा सामुदायिक सहकार्यले सरसफाइ कार्यक्रम सम्पन्न

हल्दिबारी–३ को देउनिया आर्यघाट क्षेत्रमा स्थानीय सहकार्यको तर्फबाट सञ्चालित बृहत् श्रमदान तथा सरसफाइ अभियान सम्पन्न भएको छ।

वातावरण संरक्षण र सार्वजनिक स्थलको सौन्दर्यकरणलाई केन्द्रमा राखी गरिएको यो अभियानको संयोजन वडा अध्यक्ष बिष्णु प्रसाद ओलीले गर्नु भएको थियो।

उक्त कार्यक्रममा वडा सदस्य अजित कुमार बिष्ट, कर्ण भण्डारी, ढडुवा युवा क्लब परिवारका अध्यक्ष गोपाल न्यौपाने, ढडुवा युवा क्लब परिवारका सचिव अभिषेक खतिवडा, रणकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर सावा, सचिव अर्जुन गिरी, शुरेश्वर स्वर्गद्वारी शिवलय मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोविन्द बोहोरा, जलथल प्रहरी चौकी प्रमुख सञ्जीव चौधरी लगायत स्थानीय सरोकारवालाहरुको सक्रिय रूपमा सहभागीता थियो।

ढडुवा युवा क्लब परिवार, रणकाली सामुदायिक वन उपभोक्ता समूह र शुरेश्वर स्वर्गद्वारी मन्दिर व्यवस्थापन समितिको संयुक्त पहलमा आर्यघाट क्षेत्रदेखि शुरेश्वर मन्दिर परिसरसम्म फैलिएको झाडी फडानी, सरसफाइ तथा वातावरण सुधार कार्य गरिएको अभियानकर्मी अभिषेक खतिवडाले जानकारी दिनु भएको छ ।

यसबाहेक, आर्यघाटको स्नानगृहमा रहेका बिग्रिएका धाराहरू मर्मत गर्नुका साथै नयाँ धारा जडानको काम पनि सम्पन्न भएको थियो। भद्रपुर निवासी तथा खरेल सप्लायर्सका सञ्चालक राजेन्द्र खरेलले समुदायको सेवामा ४ थान नयाँ धारा प्रदान गरेका थिए, जसले अभियानलाई थप प्रभावकारी बनाएको सहभागीहरूले बताए।

अभियानमा सहभागीहरूले आर्यघाटलाई सुरक्षित, स्वच्छ र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकसित गर्न निरन्तरता जरुरी रहेको उल्लेख गर्दै सबै संघ–संस्था ,स्थानीय सरकार र स्थानीयवासीको सहकार्यमार्फत अझ आकर्षक र व्यवस्थित वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

सामूहिक प्रयास र सकारात्मक सोचले समाज रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देशसहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकहरूले बताएका छन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search