बाह्रदशीका शिबु मुर्मु भारतमा ‘इन्टरनेशनल जुवान अवार्ड’बाट सम्मानित हुने

जुवान ओनोलीयामा वार्षिक सम्मेलनमा सात साहित्यकारहरूलाई सम्मान नेपालबाट इन्टरनेशनल जुवान(युवा) अवार्ड: शिवु मुर्मुलाई

Advertisement

झापा जिल्ला बाह्रदशी-०२ राजगढ स्थायी निवासी शिबु मुर्मुलाई इन्टरनेशनल जुवान(युवा) अवार्डले सम्मानित गर्ने भनी भारतको प्रतिष्ठित संस्था जुवानओनोलीयाले मिति ११ डिसेम्बर २०२५ एक प्रेस विज्ञप्तीमार्फत जारी गरेको छ । मुर्मु सन् २०१७ साल देखि नै आफ्नै सन्थाली मातृभाषामा कविता, निवन्ध विधामा साहित्यिक तथा साँस्कृतिक आफ्नै लिपि ओल चिकीमा र नेपाली भाषामा विभिन्न पुस्तक, पत्रीकामा लेख रचना कमल चलाइरहेका छ्न् । विं सं २०७८ सालमा औपचारिक रुपमा सन्थाली भाषाको ओल चिकी लिपिलाई नेपाली भाषा पहिलो अनुवादक पनि हुन् । विं सं. २०७९ सालबाट नेपाल पहिलो सन्थाली भाषा ओल चिकी लिपि चौमासिक साहित्यिक तथा साँस्कृतिक पत्रीका ‘पँड बुरु’ नामक संस्थापक तथा सम्पादक हुन् । नेपालबाट सन्थाली विकिपिडिया एक सक्रिय सम्पादक पनि हुन । हाल हल्दीबारी गाउँपालिकामा कर्मचारी रुपमा कार्यरत छन् ।

जुवान ओनोलीयाको वार्षिक सम्मेलन २७ र २८ डिसेम्बर २०२५ मा ओडिशाको बारिपदामा आयोजना हुनेछ । यसलाई शहरका स्थानीय मानिसहरूले आयोजना गर्दैछन्। दुई दिनसम्म चल्ने यो कार्यक्रममा झारखण्ड, पश्चिम बंगाल, ओडिशा सहित पूर्वी भारतका विभिन्न राज्यका युवा लेखक, साहित्य प्रेमी तथा शोधकर्ताहरू ठूलो संख्यामा सहभागी हुनेछन् ।

यस वर्ष सम्मेलनमा सन्थाली भाषा–साहित्यको विकासमा महत्वपूर्ण योगदान दिने सात साहित्यकारहरूलाई विशेष सम्मान प्रदान गरिनेछ। सम्मानित साहित्यकारहरूको सूचीको औपचारिक घोषणा गुरुवारमा गरिएको हो। जुवान ओनोलीयाका संयोजक शिवलाल मुर्मूले बताए अनुसार सम्मेलनको मुख्य उद्देश्य युवाहरूका लागि एक साझा बौद्धिक मंच उपलब्ध गराउनु हो। साथै आदिवासी भाषाहरू, संस्कृति, साहित्य तथा समकालीन लेखनलाई परिचर्चा, कार्यशाला तथा साहित्यिक कार्यक्रममार्फत अगाडि बढाउने लक्ष्य छ ।

यी सातै सम्मानित व्यक्तिहरूले आदिवासी भाषा र साहित्यको उन्नतिमा महत्वपूर्ण भूमिका खेलेका छन् र नयाँ शोध तथा लेखनका सम्भावनाहरूमा चर्चा हुने बताइएको छ।

यी हुनेछन् सम्मानित

▪ जुवान ओनोलीया अवार्ड: मालती हेम्ब
▪ लाइफटाइम एचिभमेन्ट जुवान अवार्ड: चुंडा सोरेन, सिमडेगा
▪ वुमेन अथाेर जुवान अवार्ड: सुचित्रा हांसदा
▪ ट्रान्सजेन्डर जुवान अवार्ड: शिवानी किस्कु, फुलोलिया
▪ इन्टरनेशनल जुवान अवार्ड: शिवु मुर्मु, नेपाल
▪ यंग मेम्बर जुवान ओनोलीया अवार्ड: आरसल दुदु, जमशेदपुर
▪ हाइ वर्किङ मेम्बर जुवान ओनोलीया अवार्ड: हाजाम बारिक, बारिपदा

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search