हल्दीबारी गाउँपालिकामा आठ दिवसीय उद्यमशीलता विकास तालिम सुरु

हल्दीबारी ।गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत हल्दीबारी गाउँपालिकामा आठ दिवसीय उद्यमशीलता विकास तालिम सुरु गरिएको छ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, योजना शाखा प्रमुख राजन न्यौपाने, प्रशासन शाखाका बाबुराम ढकाल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वनले सिप सिकेर आत्मनिर्भर बन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले सीपमूलक तालिमले बेरोजगारी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

त्यसैगरी उपाध्यक्ष मैनालीले सीप हासिल गरी स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने बताउँदै तालिमलाई गम्भीरतापूर्वक लिन सहभागीहरूलाई आग्रह गरिन्। योजना शाखा प्रमुख न्यौपानेले प्राविधिक रूपमा सक्षम बन्न सके आर्थिक उपार्जनमा टेवा पुग्ने उल्लेख गर्दै ध्यानपूर्वक तालिम लिनुपर्नेमा जोड दिए।

कार्यक्रम उद्यमशीलता तालिम संयोजक सुष्मा राजवंशीले सञ्चालन गरेकी थिइन्। तालिममा २० जना सहभागी रहेका छन्।

आठ दिवसीय कक्षा सम्पन्न भएपछि सहभागीहरूका लागि एक महिने मोटरसाइकल तथा फ्रिज मर्मत सम्बन्धी प्राविधिक तालिम समेत सञ्चालन गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search