हल्दीबारी गाउँपालिकाद्वारा ५२ करोड ९० लाख को वार्षिक बजेट प्रस्तुत

झापा, । हल्दीबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५२ करोड ९० लाख ५६ हजार रुपैयाँ बराबरको अनुमानित आय प्रस्तुत गरेको छ।निशुल्क खाने पानी निरन्तरता, लागत साझेदारी मा कृषि प्रविधि अनुदान ,निशुल्क शिक्षाको निरन्तरता,भौतिक पूर्वाधार विकास , रोजगारी सिर्जना , लागत साझेदारीमा विभिन्न गतिविधिहरू लगायत का कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको छ।

आन्तरिक आयतर्फ गाउँपालिकाले ७ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। यसमध्ये गाउँपालिकाबाट संकलन हुने आन्तरिक आय ४ करोड, मालपोत तथा रजिस्ट्रेसन शुल्कबाट २ करोड ७० लाख, बजार करबाट १० लाख र दहत्तर–बहत्तरबाट २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
राजस्व बाँडफाँटबाट गाउँपालिकाले १० करोड ९१ लाख ४९ हजार रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ। यसमा संघीय सरकारबाट १० करोड १२ लाख १० हजार, वन रोयल्टीबाट ६ लाख तथा प्रदेश सरकारको सवारीसाधन करबाट ७८ लाख ७९ हजार रुपैयाँ समावेश छ।
अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत १२ करोड ३६ लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसमा संघीय सरकारको वित्तीय समानीकरण अनुदान ११ करोड ३४ लाख तथा प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान १ करोड २ लाख ९१ हजार रुपैयाँ रहेको छ।
त्यसैगरी संघीय सशर्त कार्यक्रमअन्तर्गत २० करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसमा १९ करोड ११ लाख रुपैयाँ चालुतर्फ, २८ लाख रुपैयाँ पुँजीगततर्फ, ३५ लाख रुपैयाँ समपूरक अनुदान र ९७ लाख रुपैयाँ विशेष अनुदान समावेश गरिएको छ।
प्रदेश सशर्त कार्यक्रमतर्फ १ करोड ९१ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ। यसअन्तर्गत ५६ लाख ६६ हजार रुपैयाँ चालुतर्फ, ५५ लाख रुपैयाँ पुँजीगततर्फ र ५० लाख रुपैयाँ समपूरक अनुदानतर्फ विनियोजन गरिएको छ।

गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन को अध्यक्षतामा भएको सभामा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली ले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो भने गाउँपालिकाका प्रवक्ता देवीबहादुर थापा ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
सभामा प्रमुख प्रशासकीय अधिकृत मान ब वन महेन्द्र , सबै वडाका वडा अध्यक्ष एवम् जनप्रतिनिधिहरू, कर्मचारी , संचारकर्मी तथा सुरक्षाकर्मीहरूको उपस्थित रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search