हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

झापा । हल्दिबारी–२, काजली बजारस्थित पावन बाबा गणिनाथ मन्दिरको प्रांगणमा मधेशी समुदायको महत्वपूर्ण पर्व जीतियाको अवसरमा आयोजित “जीतिया विशेष कार्यक्रम” श्रद्धा, भक्ति, संस्कृति र आपसी सद्भावका साथ भव्य रूपमा सम्पन्न भएको छ।

मातृत्वको माया, सन्तानको दीर्घायु, सुख–शान्ति तथा समृद्धिको कामना गर्दै मनाइने जीतिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै कार्यक्रममा महिलाहरूले पूजा–आराधना, भजन–कीर्तन तथा विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा सहभागी महिलाहरूले मौलिक परम्परा र संस्कृतिको संरक्षणसँगै पर्वको महत्वबारे समेत चर्चा गरेका थिए। कार्यक्रममा प्रस्तुत विभिन्न सांस्कृतिक गतिविधिले वातावरणलाई थप उल्लासमय बनाएको थियो।

जीतिया विशेष कार्यक्रमले मधेशी समुदायको मौलिक संस्कृति, परम्परा तथा धार्मिक आस्थाको संरक्षण र पुस्तान्तरणमा योगदान पुर्‍याउनुका साथै सामाजिक एकता, भाइचारा र आपसी सद्भावलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, वडा नं. १ का अध्यक्ष देवी बहादुर थापा, वडा नं. २ का अध्यक्ष शुकलाल राजवंशी, वडा नं. ४ का अध्यक्ष सन्तकुमार थापा तथा वडा नं. २ की वडा सदस्य अम्बिका तोलाङ्गी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीय महिला, श्रद्धालु तथा समुदायका विभिन्न व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search