नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले सामाजिक सञ्जालको दुरूपयोग गर्दै नेपाली कांग्रेस हल्दिवारी ४ का वडाध्यक्ष होम चुडाल को राजनितिक छवीमा आच पुग्ने गरि भिडियो बनाएर राखेपछि विवादमा आएका छन् ।चुडालका अनुसार भोट माग्न हिड्ने क्रममा बाटोमा भेट भएको र फोटो खिच्ने भनेर उभिएको भएपनी फेरि भिडियो खिच्ने भनेर रमाइलो संवाद गरेको ठाउँमा आफ्नो मात्रै भनाई राखेर सामाजिक सञ्जालमा प्रचार गरेको भन्दै आपत्ति जनाउनुभएको छ।साथै कार्यकर्ताहरूलाई यो घटना वाट कतिपनि बिचलित नहुन आग्रह गर्दै प्रसाई विरुद्ध कानुनीकार्वाहीको लागि अघि बढ्ने बताउनुभएको छ। चुडाल २०७४ को स्थानीय निकायको चुनावमा हल्दिवारी ४ वाट निर्वाचित वडाध्यक्ष हो भने यसपटक पनि वडाध्यक्ष कै उम्मेद्वार हुनुहुन्छ।
सन्थाल गोल्डकपको उपाधि हल्दिबारीलाई
April 11, 2026
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
April 5, 2026