झापा। नेपाल सरकारका उपप्रधानमन्त्री, ऊर्जा तथा जलस्रोत मन्त्री राजेन्द्र लिङदेन पदभार ग्रहण गरे पश्चात पहिलो पटक आज गृह जिल्ला झापा आएका छन्। चन्दगढी विमानस्थलमा राप्रपाका अध्यक्ष समेत रहेका उनलाई हजारौँ समर्थक ले स्वागत गरेका छन्।
तीन वटा मन्त्रालय पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा गएको छ । राप्रपाले एउटा उपप्रधानमन्त्री सहित ऊर्जा तथा जलस्रोत, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ ।