स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनमा झापामा हल्दिबारी गाउँपालिका प्रथम

झापा।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रकाशन गरेको स्थानीय तहहरुको कार्यसम्पादन मूल्याङ्कन मा हल्दिबारी गाउँपालिका प्रथम भएको छ।

झापाका १५ पालिकामध्ये हल्दिवारी उत्कृष्ट भएको छ भने प्रतिवेदन अनुसार दमक दोस्रो र बिर्तामोड नगरपालिका तेस्रो भएका छन्।

१. हल्दीबारी- ६८.६६१९
२. दमक- ६०.८१०८
३. बिर्तामोड- ५९.४७७६
४. गौरादह- ५७.८८६८
५. कमल- ५५.९४४
६. अर्जुनधारा- ५५.५३५४
७. भद्रपुर- ५३.३२७६
८. कचनकबल-५१.९२५४
९. गौरीगञ्ज- ५०.९७८१
१०. बुद्धशान्ति- ५०.४९९७
११. झापा- ५०.२८७८
१२.बाह्रदशी- ४७.९६०७
१३.कन्काइ- ४७.२८५
१४.मेचीनगर- ४४.६५२८
१५.शिवसताक्षी- ४३.७२१२

स्थानीय तहहरुको विभिन्न सूचक र तिनका अङ्कभारको आधारमा पालिकाहरुको प्राप्ताङ्कले आगामी आ .व मा पालिकाहरुलाई सङ्घीय सरकारले प्रदान गर्ने वित्तीय समानीकरण अनुदान निर्धारण हुने गरेको जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...