राज्यव्यवस्था बिरूद्ध भद्रपुरमा राप्रपाको बिरोधसभा, मसाल जुलुश प्रदर्शन

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुर नगर समितीले राज्यले गरेको दमन र राज्य व्यवस्थाको बिरूद्ध आज बिरोध कार्यक्रम गरेको छ।


झूठा मुद्धा मा पक्राउ परेका राप्रपा नेता लगायत सम्पूर्ण राष्ट्रवादी हरुको रिहाई गर ,मृतकलाई सहिद घोषणा गर , घटनाको न्यायोचित छानबिन गर,नालायक सरकार राजिनामा दे लगायतका नारा सहित मसाल जुलुस गरेको हो।
भद्रपुर नगर समितिले आयोजना गरेको बिरोधसभामा सयौंको संख्यामा राप्रपाका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
शान्तिपूर्ण रूपमा भएको जुलुस राप्रपा पार्टी कार्यालय जनता चोकबाट सुरू भएर भद्रपुर बजार पुगेर कोणसभामा परिणत भएको थियो। बिरोध जुलुस भद्रपुर बजार पुग्नै लाग्दा प्रहरीले राको खोसेको थियो भने जुलुस अवरोध गर्न खोजेपछि प्रदर्शनकारीले प्रहरी प्रशासन बिरूद्ध पनि चर्को नाराबाजी गरेका थिए ।
भद्रपुर बजारमा भएको कोणसभालाई भद्रपुर नगर अध्यक्ष राजकुमार राई र राप्रपाका सहमहामन्त्री भरतेन्दुकुमार मल्लिकले सम्बोधन गरेका थिए।
सभालाई सम्वोधन गर्दै मल्लिकले नालायक र भष्ट्र सरकार बिरूद्ध
राप्रपा निरन्तर आन्दोलनमा रहने र राप्रपाले नै यो व्यवस्था परिवर्तन गर्ने जिकिर गरेका थिए।
यसैगरी सभामा बोल्दै नगर अध्यक्ष राईले सदन देखि सडक सम्म राप्रपा एक्लो प्रतिपक्षी दल रहेको र देशलाई यो विषम परिस्थितिमा निकासा दिन र हिन्दू धर्म सहित राजसंस्था स्थापना गर्न सडकदेखि सदन सम्म शान्तिपूर्ण आन्दोलन गर्ने बताए।
राजाबादीको आन्दोलन कमजोर बनाउन लाग्ने प्रहरी प्रशासनलाई हिम्मत भए उपस्थित सबै राप्रपाका कार्यकर्तालाई पक्राउ गरेर देखाउन चुनौती दिएका थिए।
गत चैत १५ गतेको काठमाडौँमा भएको प्रर्दशनमा राप्रपाका महामन्त्री धवल शमशेर राणा र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र प्रकाऊ परेका थिए। उनीहरूको रिहाई लगायत विभिन्न माग राखेर राप्रपाले आन्दोलनका विभिन्न कार्यक्रमहरू गर्दै आएको छ भने यसलाई निरन्तरता दिने जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search