सरकारी सेवा सुविधा समाजसेवामा , वडाध्यक्ष पदका उम्मेद्वारहरूको घोषणा

आसन्न स्थानीय निकायको निर्वाचनमा हल्दिवारी गाउँपालिका नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष का उम्मेद्वार बनेका हल्दिवारी २ का कृष्ण प्रसाद प्रसाईं र ४ का होमप्रसाद चुडाल ले आफूहरुले चुनाव जितेको खण्डमा कुनैपनि सरकारी सेवा सुविधा नलिई गरिव जनताको हितमा लगाउने बताएका छन् ।

उनीहरुलाई प्राप्त हुने सेवासेबिधाको छुट्टै कोष निर्माण गरी उक्त सेवासुबिधा धार्मिक संघ/संस्था मठमन्दिर, गुरुकूल, बिपन्न , मजदुर र दीर्घ रोगीहरूको उपचारमा सहयोग गर्ने बताएका छन् ।

आफूहरुले कुनैपनि फाइदा र आम्दानीको लागि राजनीति नगरेको भन्दै उनीहरुले समाजसेवा र निःशुल्क सहयोग गर्न लागि आफ्नो उम्मेद्वारी भएको उनीहरु दुवै वडाध्यक्ष पदका उम्मेद्वारले बताएका छन्।

चुडाल नेपाली कांग्रेसका तर्फबाट यसअघि हल्दिवारी ४ बाट निर्वाचित एकमात्र जनप्रतिनिधि (वडाध्यक्ष) हुन भने प्रसाईं हल्दिवारी उधोग वाणिज्य संघका महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...